थापाथलिस्थित नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ। हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ हृदयघात भएको हो, आज शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।