नर्भिक इन्टरनेशनल हस्पिटलले छिट्टै सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै
नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेसंगै नर्भिकले निकट भविष्यमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तथा नर्भिक अस्पताल सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक गजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन्।