हिन्दी फिल्म निर्माता तथा कलाकार विजय गलानीको हिजो बुधबार निधन भएको छ । उनको हिजो उपचारका क्रममा लण्डनमा निधन भएको हो । उनी ब्लड क्यान्सरबाट पीडित थिए र लण्डनमा उपचार गराइरहेका थिए । इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसिएसन (आईएमपीपीए) का अध्यक्ष टीपी अग्रवालले गलानीको मृत्युको खबर पुष्टि गरेका छन् । निर्माताको रूपमा विजय निर्मित चलचित्र सूर्यवंशी (१९९२) आचानक (१९९८)समावेश छन् । उनले २००१ मा अजनबी चलचित्र निर्माण गरे, जसमा अक्षय कुमार, बबी देओल, करीना कपूर खान र बिपाशा बसु मुख्य भूमिकामा थिए। सलमान खान अभिनित चलचित्र वीर’का निर्माता विजय गलानी मात्र ५० वर्षका थिए। उनको अन्तिम निर्माण फिल्म ‘द पावर’ थियो, जसमा विद्युत जामवाल, श्रुति हसन, जाकिर हुसेन, प्रतीक बब्बर, सचिन खेडेकर र जिशु सेनगुप्ताले अभिनय गरेका थिए। एक्शन इन्टरटेनर उक्त चलचित्र यस वर्ष जनवरीमा ओटीटी प्लेटफर्ममा स्ट्रिम गरिएको थियो।