निर्माता र चलचित्र संघले वुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र
कोरोना कहरका कारण विगत निकै समयदेखि हलहरु बन्द भइ निर्माण भएर रिलिजको पर्खाइमा रहेका चलचित्रहरुको संख्या लामो रहेको छ । यसै बिच चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नायक भूवन केसी, निर्देशक उदय सुब्बा लगायतको टिमले अर्थमन्त्री जनार्दन शर्मासँग ज्ञापन पत्र वुझाएका छन् । २ संघले अर्थमन्त्रीलाई वुझाएको ज्ञापनपत्रमा चलचित्र निर्माण गर्न चाहने व्यक्तिलाई बैंकिङ कर्जाको व्यवस्था गर्न, वि.सं. २०७७ को वैशाखदेखि ठप्प रहेको चलचित्र क्षेत्र पुनः सुचारु हुने मितिसम्मका लागि ब्याज छुटको व्यवस्था, ५ सय डलरसम्मको डेविड भिसा कार्डलाई २ हजार डलरसम्म पुर्याउन,३ बर्ष सम्मका लागि चलचित्र घरको विद्युत महशुशल डिमान्ड मिनाह, दुतावासमार्फत विदेशी भूमिमा चलचित्र महोत्सव आयोजना गर्न बजेट विनियोजन, सुविधा सम्पन्न आउटोडर सुटिङ स्टूडियो निर्माणको कार्यान्वयन, श्रमजीवी चलचित्रकर्मीले प्राप्त गर्ने पारिश्रमिकमा काँटिदै आएको कर आगामी २ बर्षका लागि छुट गर्न आग्रह लगायतका बुँदा उल्लेख छन् ।