05:45:42 pm 24-May-2022

निर्वाचनको मितिमा शंसय नगर्न प्रमुख निर्वाचन आयुक्त


निर्वाचनको मितिमा शंसय नगर्न प्रमुख निर्वाचन आयुक्त

युवापोष्ट, ३ बैशाख जनकपुरधाम । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् ।  स्थानीय तह निर्वाचन-२०७९ मिडिया अभिमुखिकरण कार्यक्रममा उनले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका छन् । अव निर्वाचन आयोगले मिति सार्न सक्ने अवस्था नरहेको कुरा बताउनुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए । 

यसै वर्षको स्थानीय निर्वाचन समयमै सम्पन्न भएसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गरे । निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पछिल्लो समय निर्वाचन विपरित हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गरे । 

निर्वाचन आचार  संहिता सबैले पालन गर्नु पर्ने उल्लेख गर्दै यसको उल्लघंन गरे कारवाही हुने कुरा बताउनु भयो । यसबारे केही सँग स्पष्टिकरणसमेत सोधिसकेको जानकारी गराउनु गराए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]