08:48:35 am 03-Jul-2022

निर्वाचन आयोग द्वारा २०७९ असार १ देखि नामावली संकलन शुरु


निर्वाचन आयोग द्वारा २०७९ असार १ देखि नामावली संकलन शुरु

युवापोष्ट ८ असार, काठमाण्डौ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई गरी आयोगले २०७९ साल असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । नागरिकता लिएका र मतदाता नामावली ऐन, २0७३ बमोजिम योग्यता पुगी फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागारिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यलायमा गई आ-आफ्नो नाम दर्ता गराउन सकिनेछ ।यस कार्यक्रमअन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ । आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा दर्ता गराउन सक्नेछन् ।

पेशा, व्यचसाय वा अन्य कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्येस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमण सहित अस्थायी बसोबास जरेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता (Out of district Registration)  कार्यत्रम समेत संचालन भइरहेको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्न के के कागजात चाहिन्छ ?

  1. नेपाली नागारिकताको सक्कल प्रमाणपत्र ।
  2. नागारिकतामा उल्लेख भएको स्थायी ठेगानाभन्दा फरक ठेगाना नाम समावेश गर्नचाहेमा विवाह भई आएकोमा विवाह दर्ता र नाम दर्ता गर्न चाहेको स्थानमा बसाई सरी आएकोमा बसाईसराई प्रमाणपत्र ।
  3. नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा नाम समावेश गर्न चाहेमा नागरिकता बाहेक अन्य प्रमाण आवश्यक पर्दैन ।

यस कारण निर्वाचन आयोगले सबै नागरिकहरुलाई निर्वाचनमा भाग लिन अनिवार्य शर्तको रुपमा रहेको मतदाता नामावलीमा नाम अंकित गर्न आव्हान गरेको छ ।

निर्वाचन आयोगको प्रेस बिज्ञप्ति

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]