05:08:21 pm 24-May-2022

नेकपा एमालेले भन्यो गभर्नर बिरुद्धको कदम अपरिपक्‌व र पूर्वाग्रही


नेकपा एमालेले भन्यो गभर्नर बिरुद्धको कदम अपरिपक्‌व र पूर्वाग्रही

२७ चैत्र, काठमाण्डौं । आज नेकपा एमालेले आफुले नियुक्त गरेको अर्थमन्त्रीको बचाउ गरेको छ । यस सम्बन्धमा “सङ्कटोन्मुख अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीहरु (सुरेन्द्र पाण्डे, बिष्णु पौडेल र युवराज खतिवडा) हरुकोतर्फबाट जारी प्रेश विज्ञप्ति””शिर्षकमा जारी गरेको प्रेश बिज्ञप्तिका मुख्यमुख्य बुदाँहरु निम्नानुसार रहेका छन् ।

१. नेकपा (एमाले) को सरकारले छोडेको अर्थतन्त्र

बिदेशी मुद्राको सञ्चिति रु 14 खर्व जसले 11 महिना भन्दा बढिको आयात धान्न सकेको थियो । बैंक निक्षेप 21 प्रतिशतभन्दा धेरै बढेको थियो । कर्जाको ब्याजदर एकल अंक दरमा सीमित थियो ।

२. गठबन्धन सरकार बन्नासाथ शुरु भएका आर्थिक गडबडी

      -गठबन्धन सरकारले आर्थिक अध्यादेशमाथि खेलबाड गर्‍यो ।

      -गठबन्धन सरकारले नेकपा (एमाले) को सरकारका लोकप्रिय कार्यक्रम खारेज गर्‍यो ।

      – सरकारको ध्यान आर्थिक समस्याभन्दा आफ्नै स्वार्थसिद्धितिर केन्द्रित छ ।

      -संसद्‍बाट एमसीसी अनुमोदन गराउँदा गठबन्धनले अनौठो तमासा देखाएको छ ।

– अर्थतन्त्र गम्भीर संकटको मोडमा पुगेको बिषय सर्वत्र चर्चा भइरहँदा पनि सरकार सञ्चो मानेर बसिरह्यो ।

३. गठबन्धन सरकार आएपछिको आर्थिक दुरावस्था

      -मूल्य बृद्धिदर अघिल्लो सरकारका बेलामा भन्दा दोब्बर भएको छ ।

      – मुल्य अनुगमन नगर्दा जथाभावी मुल्यबृद्धि गर्ने र कृतिम अभाव सिर्जना गर्ने काम भईरहेको छ ।

      – बाह्य क्षेत्र सन्तुलन संकटग्रस्त हुँदैछ ।

      – बैदेशिक ब्यापार घाटा देशले धान्नै नसक्ने गरी आकाशिएको छ ।

      -चालु खाता घाटा धान्नै नसकिने स्तरमा पुगिसकेको छ ।

  • देशले समग्र बाह्य कारोबारको भुक्तानी असन्तुलन भयावह हुँदैछ ।
  • बिदेशी मुद्रा सञ्चितिमा पहिरो गईरहेको छ ।

४. बैंकिङ प्रणालीको अस्वस्थ्य प्रतिस्प्रर्धा र तरलता संकट

      – तरलताको संकट भयावह हुँदैछ ।

-बैंकक चुक्ता पुँजीको बृद्धिको असर पनि अहिले देखिँदै छ ।

-बैंकिङ क्षेत्रबाट बाहिर गएको ऋण बैंकमा फर्केन ।

५. सरकारको बित्त ब्यवस्थापनको अस्तब्यस्तता

      – यो सरकार आएदेखि नै सरकारी बित्त प्रणालीमा अनिश्चय र अन्योल शुरु भएको छ ।

      – प्रदेशको बित्त स्थित त्यस्तै निरासाजनक छ ।

      – सरकारी सेवा प्रबाह गर्ने संस्थाहरु अस्तब्यस्त छन् ।

६. सरकारका असंगितपूर्ण आर्थिक नीति

      – गठबन्धनका सरकारका नीतिहरु संगतिपूर्ण छैनन् ।

-पूँजी बजारको विकास, दातृ निकायको सहयोग, निजी क्षेत्रको स्रोत र क्षमता परिचालन तथा आर्थिक क्षेत्रको संरचनात्मक सुधारमा ध्यान दिएको छैन ।

७. सरकार विकास साझेदारको विश्वास गुमाँउदै छ ।

      -सरकारले साख गुमाएको छ ।

-मित्रराष्ट्र चिनका परराष्ट्रमन्त्रीको भ्रमणका बेला बीआरआई सहयोग अन्तर्गतका परियोजनाहरु अघि बढाउने अवसर यस सरकारले गुमाएको छ ।

८.    अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा

– यो सरकार भू-माफिया, काला-ब्यपारी र तस्करहरुको चंगुलमा फँसेको छ ।

– सरकारकै संरक्षणमा हुण्डी फस्टाएको छ ।

– कर्मचारीतन्त्रलाई निहित स्वार्थ अनुकुल हिँडाइ चुनाव खर्च उठाउन सरकार लागिपरेको छ ।

९. ब्यवसायिक क्षेत्रको सरकारमाथि बिश्वास गुम्दै छ ।

      – निजी क्षेत्र यो सरकारबाट निराश छ ।

      – सरकारी निकायबीच नै समन्वय छैन ।

१०. सम्पत्ति शुद्धिकरणको चपेटोमा सरकार

      – सम्पत्ति शुद्धिकरण निवारण गर्नुपर्ने सरकार उल्टो बाटोमा हिँड्दै छ ।

११. आर्थक बृद्धिको लक्ष्य हासिल असम्भव

      – सरकारले ७ प्रतिशतको आर्थिक बृद्धिको हावादारी दावी गरिरहेको छ ।

– अहिले त बृद्धि होईन, देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने चिन्ता ब्याप्त छ ।

12. गभर्नरमाथि निन्दनीय कार्वाही

      -गभर्नरमाथिको पूर्वाग्राही कार्वाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि चेतेन ।

      – अराजक अर्थमन्त्रिको दवावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]