नेपालको आर्थिक बृद्धिदर ५.८४ हुने प्रतिब्यक्ति आम्दानी बढेर १३७२ अमेरिकन डलर पुग्यो
युवापोष्ट, १५ बैसाख। आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी बढेर १३७२ अमेरिकन डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्र विवरणमा प्रतिव्यक्ति आय बढे११९१ बाट बढेर १३७२ पुगेको देखिएको हो । एक लाख चौसठ्ठी हजार पाँच सय अन्ठान्ब्बे पुगेको कुरा विभागको लेखा तथ्याङ्कले देखाएको छ ।
चालु अवधिमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा गत आर्थिक वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँबाट बढेर ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको तुलनामा जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको हो। त्यसैगरी, विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने भएको छ । कुल उत्पादन आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ रहेको छ।
चालु मूल्य अनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड र चालु मूल्यमा कुल स्थिर पुँजी निमार्ण १४ खर्ब २५ अर्ब ८ करोड रहेको छ। चालु मूल्यमा वस्तु तथा सेवा निर्यात ६.६१ प्रतिशतले बढेर ३ खर्ब २० अर्ब ७१ करोड पुगेको छ भने वस्तु सेवा आयात ४१.४९ प्रतिशतले बढेर १८ खर्ब २० अर्ब ८२ करोड पुयेको देखिन्छ। चालु मूल्यमा कुल राष्ट्रिय वचत कुल गार्हस्थ्य उत्पादनको ३१.९५ प्रतिशत रहदा विप्रेषण ९ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ रहेको पाइन्छ।