नेपालमा कोरोना संक्रमितको संख्या आज मात्र ११ हजार ३००,अहिलेसम्मकै सर्वाधिक सावधानी अपनाउन अपील
युवा पोस्ट, माघ ५, २०७८, बुधबार , नेपालमा थप ११ हजार ३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बुधवार सार्वजनिक भएको सङ्ख्या अहिलेसम्म दैनिक पुष्टि भएका सङ्क्रमितको सर्वाधिक सङ्ख्या भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए। उनले गत सातादेखि सङ्क्रमण निरन्तर बढ्दै गएको भन्दै थप सावधानी अपनाउन पनि अपील गरेका छन्।