09:40:31 pm 23-May-2022

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि


नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

युवा पोस्ट, मंसिर २० ,२०७८,

नेपालमा पहिलो ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो बारेमा जानकारी गराएको हो । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभ सहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ । दुवै जना कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ ।उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको समेत कन्ट्रयाक ट्रेसिङको काम भइरहेको छ ।विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषयका रुपमा लिनु पर्ने बताइसकेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]