नेपालमा २४ घण्टामा थपिए ६,४६२ कोभिडका बिरामी, ४ को मृत्यु
युवा पोस्ट, माघ ९, २०७८, आइतबार ,, नेपालमा आइतवार थप ६,४६२ जना मानिसमा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। विगत दुई सातादेखि नेपालमा कोभिड-१९ सङ्क्रमण निरन्तर बढिरहेको छ। अधिकारीका अनुसार हालै परीक्षण परिएका ३२ नमुना मध्ये २८ मा ओमिक्रोन सङ्क्रमित भेटिएका र ४ नमुनामा डेल्टा भेरिअन्ट भेटिएको छ। विगत २४ घण्टामा कोभिडका कारण ४ जनाको मृत्यु भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। अहिलेको वृद्धिसँगै देशभरी भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० नाघेको छ।