नेपालले जित्यो एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता
युवा पोस्ट,पौष १३, २०७८ ,
नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।आज बंगलादेशको मिरपुरमा भएको प्रतिस्पर्धामा फाइनलमा उज्बेकिस्तानलाई ३-२ ले पराजित गर्दै महिला टोलीले उपाधि उचालेको हो । यसअघि सन् २०१९ मा नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो।