नेपाली कांग्रेस हेटौडा नगर समितिले छान्यो उमेद्वार
युवापोष्ट ६ बैसाख । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा पार्टीबाट मेयरमा एक महिला सहित तीन जना र उपमेयरमा तीन जना महिलाको नाम सिफारिस गरेको छ।
मेयरमा उत्सव ईटेनी, आनन्दराम पराजुली र लक्ष्मी श्रेष्ठको नाम सिफारिस भएको छ। इटेनी नगर सभापति हुन्।
नगर समितिका अनुसार उपमेयरका लागि अमृता थापा, इन्दिरा न्यौपाने र तारा राईको नाम सिफारिस गरिएको जनाएको छ।
कांग्रेस विधानअनुसार प्रदेश संसदीय समितिले उपमहानगरको टिकट दिने व्यवस्था छ। त्यसै अनुसार पार्टी कार्यसमितिबाट मेयर र उपमेयरका आकांक्षीको नाम क्षेत्रीय कार्यसमिति हुँदै जिल्लामा पठाइएको छ।तर यसपालि सत्तारूढ पाँचदलीय गठबन्धनबीच चुनावी तालमेलको निर्णय भएकोले कुन उपमहानगर कसले पाउने भन्ने सहमति हुन सकेको छैन। २०७४ सालको स्थानीय निर्वाचनमा महानगरको मेयरमा थोरै मतान्तरले हारिएकाले यसपालि अरु पार्टीलाई मेयर छाड्न नहुने अडान नगरसमितिको छ ।
महानगर र उपमहानगर केन्द्रबाटै टिकट दिने तयारीमा दलहरू छन्।