सम्पदा मल्लको कथामा बनेको चलचित्र ‘कठपुतली’ को पहिलो ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंमा एक पत्रकार सम्मेलन गरी चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरेको हो ।चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, उषा रजक र कर्माको मुख्य अभिनय रहेको छ । सम्पदाकाअनुसार यो नेपाली मौलिक हरर चलचित्र हो । जुन राणाकाल, मल्लकाल अनि राजदरबारहरूका सत्यघटनामा आधारित रहेको छ ।