गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आजदेखि सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो शो आज राति ८ः३० बजेदेखि सुरु हुन लागेको हो । नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू समेत थपिएका छन्। वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। नेपाल आइडल’ ४ आसिफ शाह र रेश्मा घिमिरेले होस्ट गर्दैछन् ।