नेपाल सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले बतायो। अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण अधिकारीलाई निलम्बन गरिएको बुझिएको छ अधिकारीमाथि छानबिनका लागि सर्बोच्च अदालतका पुर्वन्यायाधीश पुरुसोत्तम भण्डारीको संयोजकत्वमा छानबीन समिति गठनसमेत गरिएको छ। शुक्रबार दिउँसोसम्म अधिकारी मन्त्री शर्मासँगै कार्यक्रममा थिए। अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए। अर्थमन्त्री शर्माले शुक्रबार बिहानको एउटा कार्यक्रममा अधिकारीमाथि आक्रोश पोखिरहेका थिए। सरकारले देशको आर्थिक अवस्था नियन्त्रण बाहिर पुर्याउने कार्य गरेको सुचना चहाएको, शेयर बजारमा अनावश्यक हस्तक्षेप बढाएको जस्ता गम्भिर आरोपहरु गभर्नर माथि लगाएको छ । गभर्नरको बचाउमा प्रमुख प्रतिपक्षी दल एक कदम अगाडि बढेको देखिन्छ । निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरलाई लगानीबोर्डको अध्यक्ष हुँदाहुँदै नियुक्त गरेको थियो । स्थानीय निर्बाचनको मुखमा सरकारले गरेको यस कदमलाई केही बुद्धिजिबीहरुले झिनो स्वरमा बिरोध पनि गर्दै आएका छन् । सरकारले बनाएको छानबिन समितिको प्रतिबेदनले यस निलम्बनको औचित्य पुष्टी गर्ला नगर्ला हेर्न बाँकी नै छ ।