नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले असार ३० गते मोबाइल एप सार्वजनिक गरेको हो ।बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले भर्चुअल माध्यमबाट उक्त मोबाइल एपको सार्वजनिक गरेकी हुन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरु उक्त मोबाइल एपमा पाइने केन्द्रीय बैंकले जनाएको छ ।उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध हुने र प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने केन्द्रिय बैंकले जनाएको छ।