नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै
चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । आज सञ्चालक समितिमा मौद्रिक नीति पेस गर्ने र त्यसपछि आज बेलुका ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैँकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले बताउनुभयो । चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ल्याउन यसपटक केही ढिलो भएको हो ।
कोरोनाको कारण आर्थिक क्षेत्रमा परेको असरलाई कम गर्न मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ भन्नेमा धेरैको चासो रहेको छ । कोरोनो महामारीले शिथिल अर्थतन्त्रलाई गएको वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो । यस पटक पनि केही राहतको प्याकेज ल्याउँछ कि भनेर उद्योगी व्यवसायीहरूले अपेक्षा गरेका छन् ।तर, गएको वर्षको जस्तो यसपालि धेरै सुविधा नआउने सम्भावना छ ।