नेपाल राष्ट्र बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्दै
युवा पोस्ट, मंसिर २१ ,२०७८, नेपाल राष्ट्र बैंकले बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। यसका लागि मंसिर २३ गते दिउँसो ४ बजेसम्म बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १८ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा ६ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्न पाउने छन् । यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०७९ मंसिर २९ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।