न्यायाधीशको आचारसंहिता पालना गराउन अन्तरिम आदेश जारी
प्रधानन्यायाधीश र न्यायाधीशहरुको आचारसंहिता पालना गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएका मुद्धा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।