युवापोष्ट २५ जेठ, काठमाडौँ — काठमाडौंको न्युरोडस्थित रञ्जना सोडा गल्लीमा एक युवकको शव भेटिएको छ । प्रहरीका अनुसार काठमाण्डौ महानगर वडा नं. १२ टेकुका ३४ वर्षीय सुरेन महर्जन हुन् । प्रहरीलाई एक युवक अर्धचेत अवस्थामा रहेको भनि खबर गरेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले अर्धचेत अवस्थामा महर्जनलाई देखेपछि प्रहरी टोली घटनास्थलमा पुग्दा शव भेटेको थियो ।
अहिले मृतकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको एसपी दिनेशराज मैनालीले कान्तिपुरलाई बताए ।
साथै घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई तालिम प्राप्त कुकुरसहित खटाइएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।