न्यूयोर्क को अपार्टमेन्टमा आगलागी, कम्तीमा १९ को मृत्यु
युवा पोस्ट,पौष २६,२०७८,सोमबार, अमेरिकाको न्यूयोर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी हुँदा ९ बालबालिका सहित कम्तीमा १९ जनाको ज्यान गएको छ ।३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको अवस्था जटिल रहेको तथा अन्य ६३ जना मानिसहरू घाइते भएका बताइएको छ। आगलागी नियन्त्रणका लागि करिब २०० अग्निनियन्त्रकलाई घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन् । विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने ठानिएको छ। अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन्।