टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् ।उनी शुक्रबार तेक्वान्दोको के-४४ विधा अन्तर्गत महिला ५८ केजी मुनि तौल समूहमा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य र विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् । उनले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पारालिम्पिक छनोट खेल्न पाएकी थिइनन् । तर पछि वाइल्र्ड कार्डमार्फत सहभागिता जनाउने अवसर पाएकी पलेशा टोकियो पाराल्याम्पिक खेल्ने एक्लो नेपाली खेलाडी हुन् ।