युवा पोष्ट, ६ बैसाख । प्रतिबादि पल शाह (पूर्ण बिक्रम शाह) भएको बलात्कार मुद्दामा पिडित भनिएकी नाबालिकासँगै अब उनका पिता अर्थात उजुरीकर्ता/जाहेर कर्ताले समेत तनहुँ जिल्ला अदालत समक्ष गरेको साक्षीको बकपत्र फेरीएको छ । यसले प्रतिबादि पक्षलाई फाईदा पुग्ने देखिन्छ । पिडित नाबालिकाले प्रहरी र सरकारी वकिल समक्ष गरेको बयान र अदालतमा गरेको बकपत्र बाझिएको छ भने उनको संरक्षकले समेत बकपत्र गराउँदा बलात्कार घटना नभएको भन्दै बयान फेरेका छन्। बिश्वसनीय स्रोतका अनुसार “दबाब र प्रभावमा परेर जाहेरी दिएका हौं। जाहेरीमा उल्लेख भएजस्तो घटना (बलात्कार) भएको छैन ।“