युबापोष्ट ५, बैसाख । हिजो बैसाख ४ मा तनहुँ जिल्ला अदालतमा पिडित भनिएकी नाबालिक गायिकाले बकपत्र गर्दा आफूमाथि करणी नभएको बताएकी छन् । उनले यस अघि जिल्ला प्रहरी कार्यालय र सरकारी वकिल कार्यालयमा गरेको बयान कसैले तयार पारेको बयानलाई सारीएको र त्यसलाई सहीछाप गर्न लगाएको बताएकी छिन् । यो निबेदन कसैको उक्साहटमा दिएको बताएकी छन् । प्रहरीले बिभिन्न कागजातहरुमा हस्ताक्षर गराएको बताएकी छन् । सरकारी वकिलको रोहबरमा भने उनले शाहले विभिन्न प्रलोभन देखाएर प्रतिबादी पल शाहले पटक पटक करणी गरेको बताएकी थिईन् । यसले पुर्पक्षमा रहेका लोकप्रिय नायक पल शाहलाई फाईदा पुग्ने देखिन्छ । यस सम्बन्धमा प्रतिबादि पल शाहलाई खुलेरै समर्थन गरेकी नायिका पुजा शर्माले सामाजिक सञ्जालमा थैंक गड भनेर खुसी ब्यक्त गरेकी छन् ।