१ सय ८ किलो सुनको जलहरी च्यातिदा, अख्तियारद्धारा छानविन शुरू
हिन्दूहरुको आस्थाको मुख्य केन्द्र पशुपतिनाथमा राखिएको सुनको जलहरी ४ महिना नपुग्दै च्यातिएको छ । प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको ३० करोड र पशुपति बिकास कोषले उपलब्ध गराएको ५० करोड रुपियाँमा १ सय ८ किलो सुन खरिद गरेर पशुपतिनाथ मुख्य मन्दिरमा भगवान् शिवको मुख्य शिवलिङ्गमा सुनको जलहरी स्थापना थियो । जलहरी बनाउँदा अनियमितता भएको उजुरी परेपछि अख्तियारले पशुपति विकास कोषको नाममा पत्र काटेको छ । पशुपति मन्दिरमा यसअघि राखिएको चाँदीको जलहरीमा कुनै समस्या नआएको तर ४ महिनाअघि सुन खरिद गरेर बनाइएको जलहरी च्यातिएपछि कोषका पदाधिकारीको मिलेमतोमा सुन हिनामिना गरेको भन्दै कोषमा कार्यरत कर्मचारीले नै अख्तियारमा उजुरी गरेपछि आयोगले सुन खरिद प्रक्रियाका बारेमा अध्ययन शुरु गरेको हो ।