08:02:46 am 03-Jul-2022

पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध


<strong>पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध</strong><strong></strong>

युवापोष्ट २६ जेठ, काठमाण्डौ ।पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ। मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।

पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्। यति खेर यात्रुहरु र सवारी साधनको लामो लाम छ

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]