पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देउवालाइ दिए बधाई
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेकोमा हार्दिक बधाई दिएका छन् । उनले ट्वीटर मा ट्वीट गर्दै बधाई दिएका हुन् । उनले ट्वीटमा नेपाल र पाकिस्तानको सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा चासोका मुद्दाहरुमा नेपालसँग मिलेर नजिकबाट काम गर्ने समेत बताएका छन्।