06:00:49 am 25-May-2022

पाकिस्तान-अफगानिस्तान: दुई देशबीचको तारबार विवाद समाधान, आपसी सहमतिमा भविष्यमा काम गर्ने सहमति


पाकिस्तान-अफगानिस्तान: दुई देशबीचको तारबार विवाद समाधान, आपसी सहमतिमा भविष्यमा काम गर्ने सहमति

युवा पोस्ट,पौष १२, २०७८,

अफगानिस्तानमा, पाकिस्तान र तालिबान अधिकारीहरूले हालै सीमामा तारबार लगाउने विवाद सुल्झाएका छन् । दुवैले तनावपूर्ण अवस्था नआउने गरी आयोजनाको थप काम साझा सहमतिमा गर्ने सहमति गरेर समस्या समाधान गरेको शनिबार सञ्चारमाध्यमले जनाएका छन् ।
पत्रकारसँग कुरा गर्दै एक अधिकारीले भविष्यमा तारबारसम्बन्धी समस्या आपसी सहमतिमा टुङ्ग्याउने उच्चस्तरीय निर्णय भएको बताए । एक रिपोर्ट अनुसार तालिबान लडाकुहरूले एकै दिन सीमामा तारबार र ब्यारिकेडहरू अवरुद्ध गरेपछि पाकिस्तानी सेनाले पनि फायर गरेको थियो, जसले दुई देशबीच तनावपूर्ण स्थिति सिर्जना गरेको थियो। जानकारीका अनुसार पछि दुवै पक्षका रक्षा मन्त्रालयले यस विषयमा वार्ता गरेका थिए, जसमा तालिवानको सीमा तथा जनजातीय मामिला मन्त्रालय पनि सहभागी भएको बताइएको छ । पाकिस्तानले सन् २०१७ देखि त्यहाँको २६ सय किलोमिटर लामो सीमामा तारबार लगाएको छ।
पाकिस्तानको जेलबाट ४२ अफगान बन्दी रिहा भएका छन्
पाकिस्तानले शुक्रबार विभिन्न जेलबाट ४२ जना अफगानीहरूलाई रिहा गरी पूर्वी नान्घार प्रान्तको बन्दरगाह सहर तोर्खाममा अफगान अधिकारीहरूलाई सुम्पेको छ। ती बन्दीहरूलाई अफगानिस्तान सुपुर्दगी गरिएको विज्ञप्तिमा भनिएको छ तर उनीहरूलाई कुन आरोपमा हिरासतमा राखिएको थियो र कति समयसम्म पाकिस्तानी जेलमा राखिएको थियो भन्ने कुरा भने खुलाएको छैन।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]