08:43:50 am 24-May-2022

पानी तातो पिउने कि चिसो ?


पानी तातो पिउने कि चिसो ?

युवा पोस्ट,पौष २१ , २०७८, बुधबार,

१) जसलाई दम, ब्रोकाइटिस, कफजन्य रोग, गठिया, वातरोग, जोर्नी दुख्ने तथा सुन्निने समस्या, मोटोपन, ज्वरो आदि समस्या छन् तिनका लागि तताएर सेलाएको मनतातो पानी लाभकारी हुन्छ । चिल्लो, तारेको, बढी भुटेको खाद्यपदार्थ खानेबित्तिकै पानी पिउनुपर्दा मनतातो पानी पिउने गरे शरीरलाई रोगमुक्त राख्न मद्दत पुग्दछ ।
२) स्वस्थ व्यक्तिका लागि सामान्य तापक्रमयुक्त शीतल जल उपयोगी हुन्छ ।
३) बिहान खालीपेटमा गरिने उषापानमा हलुका मनतातो पानी पेट र पाचन दुवैका लागि अत्युत्तम मानिन्छ ।
४) वाग्भट्ट सूत्रअनुसार तातोपानीको सेवनले खानेकुराको सहज पाचन, घाँटीका लागि लाभकारी, पच्नमा हलुका, मूत्रथैलीलाई सफा गर्ने, वात एवम् कफ रोगविरुद्ध लड्ने, शरीर सफाइ गर्न उपयोगी, नयाँ ज्वरो तथा पिनासमा हितकारी, भोकको कमीमा लाभकारी र लगातारको बाडुली तथा सासको समस्यामा अति स्वस्थकर मानिएको छ ।
५) सूश्रुत सूत्रमा उल्लेख भएअनुसार उम्लिएको पानीको भुल्को हराउनुका साथै भुल्कोसँग निस्किएको फिँज मेटिएपछि जब सफा देखिन्छ, त्यो पानी पिउनलाई सबैभन्दा उत्तम हुन्छ । उम्लिएर चार भागमध्ये तीन भाग बाँकी रहेपछि पिउनका लागि त्यस्तो पानी सबै गुणले युक्त मानिन्छ ।
६) उम्लिएर सेलाएको पानी क्लेशरहित र पच्नमा हलुका हुन्छ । पित्तसम्बन्धी रोग (अपच, कब्जियत, अजीर्ण, एसिडिटी, भोक नलाग्ने) मा अति लाभकारी हुन्छ । तर उमालेको पानी बासी पारेर पिएमा त्यसले त्रिदोषलाई विकृत बनाउँछ ।
७) सूश्रुत सूत्रमा भनिएको छ— उमालेर सेलाएको पानीले पेट पोल्ने, रगतमासी, जन्डिस, मूच्र्छा, नशापान, विष सेवन, अधिक प्यास, वमन तथा भ्रममा निकै फाइदा पुर्याउँछ । त्यसैगरी, जाँडरक्सी सेवनबाट उब्जने रोग र पेटका रोगहरुमा पनि उत्तम मानिन्छ ।
८) जसको शरीरमा त्रिदोष असन्तुलन र पेटको पाचन प्रणाली अस्तव्यस्त छ, रोगबिरामीले गर्दा अति दुब्लो भएको छ, उसका लागि उमालेर चिसो भएको पानी एक घुट्की मात्रै पनि हतिकारी र त्रिदोषकारक हुन्छ ।
साभार : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]