08:17:35 pm 23-May-2022

पुँजी बजारको विकाशमा सबैपक्ष गम्भिर बन्नुपर्ने- गोल्छा


पुँजी बजारको विकाशमा सबैपक्ष गम्भिर बन्नुपर्ने- गोल्छा

युवापोष्ट २३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई अर्थतन्त्रको ऐन बताउँदै अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताएका छन् । उनले थप्दै भने पुँजी बजारको  विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताए ।

महासंघले शुक्रबार गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । गत मंसिरमा सम्पन्न नेपाल उद्योग वाणिज्य संघको ५४औं साधारण सभाबाट १९ औं अध्यक्ष भएका गोल्छाले अहिले बजारलाई निकै ठूलो नकारात्मक असर परेको उनले बताए ।  ब्याजदर निरन्तर बढ्दै गएको र हाल महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको अध्यक्ष गोल्छाको भनाइ छ ।

उनले सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्ने बताए । बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै उनले पुँजी बजार क्षेत्रको विकास र विस्तारका लागि महासंघको विशेष दस्तावेज बनाउन लागेको समेत जानकारी दिए ।

५१ लाख ५० हजार डिम्याट खाता पुगेको भन्दै उनले पुँजी बजारप्रति जनचासो व्यापक बढेको बताए । साथै पुँजी बजारका ब्रोकरहरुको संख्या थप्नुपर्ने र उत्पादनमुलक उद्योगहरु पुँजी बजारमा ल्याउनुपर्ने बताउनु भयो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]