08:13:10 pm 23-May-2022

पुर्वमन्त्री डिम्पल झाको निधन


पुर्वमन्त्री डिम्पल झाको निधन

युवापोष्ट, ११ बैसाख काठमाडौँ – पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य तथा नेता अनिल झाकी पत्नी डिम्पल कुमारी झाको निधन भएको छ ।

झाको उपचारका क्रममा आइतबार राति काठमाडौँमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् । डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् । ४३ बर्षीय झाको काठमाण्डौ स्थित निजी निबासस्थानमा निधन भएको हो ।

पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । २०७५ सालमा मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट मशेस प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी उनलाई जसपामा विवाद चुलिँदा एक वर्ष अघि मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए।

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,’ नेता सुरेन्द्रले भनेका छन्।

झा को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि रौतहटको मसहरी लैजाने तयारी भईरहेको छ । उनका एक छोरा छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]