पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह उच्च शिक्षाका अध्ययनका लागि अमेरिका जाँदै
उच्च शिक्षा अध्ययनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह अमेरिका जाने भएका छन् । हृदयेन्द्रले रविभवनस्थित लिंकन स्कुलबाट गत जेठ ९ गते कक्षा १२ को पढाई पुरा गरी दिक्षित भएको फोटो सामानिक सञ्जालमा हालेका थिए । उनको अमेरिका जानै सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने उनी निकट श्रोतले बताएको छ । निर्मल निवास स्रोतले जनाएको छ ।उनका दुई दिदिहरु पूर्णिका र कीर्तिकाले थाईल्यान्डमा अध्ययन गर्दै आएका छन् ।उनी अमेरिकामा कुन विश्वविद्यालयमा जान आटेका हुन् भन्ने कुरा भने गोप्य राखिएको छ ।