पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको दक्षिण कोरियाको दाबी
उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ। जापानले पनि केही कुरा प्रहार गरिएको र त्यो बलिस्टिक क्षेप्यास्त्र हुनसक्ने जनाएको छ। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्षेप्यास्त्र प्रहारलाई अतिशयोक्ति भन्दै त्यसले उक्त क्षेत्रमा शान्ति र सुरक्षालाई खतरामा परेको टिप्पणी गरेका छन्। यो साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको यो दोस्रो पटक हो। बलिस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्ने संयुक्त राष्ट्रसङ्घीय सङ्कल्प प्रस्ताव विरुद्ध छ। गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ।