पृथ्वीबहादुर शाहले ४० करोड रकम फुकुवा आज सुनुवाई हुँदै ।
युवापोष्ट, ५ बैसाख । आज पृथ्वीबहादुर शाहले राष्ट्र बैंकविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाई हुनेगरी पेशी तोकिएको छ अहिले सम्म दैनिक पेशी सुचीमा सुनुवाई भईरहेको जनाईएकाले यसको अन्तरिम आदेश जारी गर्नुपर्ने सम्बन्धमा आजै निर्णय आउनेछ । वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिका सञ्चालक पृथ्वीबहादुर शाहले अमेरिकाबाट आएको रकम राष्ट्र बैंकको निर्देशनमा रोक्का राखिएको भनेर राष्ट्र बैंक विरुद्ध रिट दायर गरेका हुन् । उनले सो रकम गैरकानुनी ढंगबाट रोकी नराख्नुपर्ने भनी अन्तरिम आदेश मार्फत फुकुवा चाहेका छन् ।अछामको दर्ना–८ घर भएका पृथ्वीबहादुर शाहको नाममा अमेरिकाबाट आएको ४० करोड रुपैयाँ नेपालका विभिन्न बैंकमा रोक्का राखिएको छ ।