पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने विद्यार्थी सङ्गठन को चेतावनी
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको तत्काल खारेजी को माग गर्दै नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ)ले नेपाल आयल निगमलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ । जसमा पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको करको दायरा घटाइ जनतालाई सहुलियत दरमा उपलब्ध गराउन, निगमको अनावश्यक खर्च कटौती गरी मूल्यवृद्धि नियन्त्रण गर्न ,नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा नहाल्न, विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउन र खर्च हुन नसकेका अनुचित शीर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने काम बन्द गर्न माग गरिएको छ ।