स्पेनका मिडफिल्डर पेड्री १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पुर्याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उनले उत्कृष्ट खेल देखाएका थिए । पेड्रीले उक्त खेलमा ६६ मध्ये ६५ पास पूरा गरेका थिए । जसले गर्दा उनको चर्चा चुलिएको थियो ।आइतबार सकिएको युरोकप २०२० मा उत्कृष्ट प्रदर्शन गरेका क्याटलान क्लब बार्सिलोनाका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका हुन् ।१८ वर्षीय पेड्री यो अवार्ड पाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१६ मा पोर्चुगलका रेनाटो सान्चेजले यो अवार्ड जितेका थिए । अवार्ड सुरुवात सोही संस्करणबाट नै भएको थियो । ।