पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन
पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यान (चेयरम्यान गोन्जालों) को ८६ वर्षको उमेरमा निधन भएको छ । सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन कारावासको सजाय भोगिरहनु भएका गोन्जालोको जेल परेको २९ वर्षपछि पेरुको एक सैन्य अस्पतालमा छालाको क्यान्सरबाट निधन भएको हो । उहाँको स्वास्थमा समस्या देखिएपछि गएको जुलाईमा अस्पतालमा उपचारका लागि लगिएको थियो । उहाँको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड लगायत नेपालका थुप्रै नेताले दुःख प्रकट गरेका छन् ।