केन्द्रमा सत्ता गठबन्धनबीच ६ महानगर भागबन्डा गर्ने छलफल भइरहँदा कास्की कांग्रेसले भने पोखरामा मेयर छाड्न नसकिने बताएको छ । कास्की कांग्रेसले नेकपा समाजबादीसँग गठबन्धन नगरी चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेको छ । स्थानीय तहमा एकिकृत समाजबादीले अस्वभाविक दाबी गरेकाले मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने कास्की कांग्रेसको निर्णय छ । सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अब एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्।
यता केन्द्रमा भने एकिकृत समाजवादीलाई पोखराको मेयर दिने करिब करिब निस्चित भएको सूचना छ ।