पोर्नोग्राफिक चलचित्र बनाएको आरोपमा राज कुन्द्रा पक्राउ
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा चर्चित व्यापारी राज कुन्द्रा पक्राउ परेका छन् । कुन्द्रालाई मुम्बई क्राइम ब्रान्चले अश्लील चलचित्र(पोर्नोग्राफिक) बनाएको र तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा कुन्द्रा विरुद्व एउटा उजुरी दर्ता भएको र त्यसको अनुसन्धानका क्रममा उनको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको हो। मुम्बई पुलिसले राज कुन्द्रासहित अन्य थप ११ जनालाई गिरफ्तार गरेको छ ।