प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा को बैठक आज दिउसो १ बजे बस्ने भएको छ । बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यक्रम र आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने साथै राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ समेत पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।