प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक सुरु
संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा अहिले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसिरहेको छ । समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वासको मतको प्रस्ताव लैजानुभएको छ ।