प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रधानमन्त्री निवास बालुवाटार सर्दै
प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार सर्दैछन् । गए मंगलबार पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीले बालुवाटार छाडेपनि शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सरेका थिएनन् । देउवा निकट स्रोतले दिएको जानकारी अनुसार उनलाई ज्योतिषले आज शुक्रबार १० बजेपछिको साइतमा मात्र सर्नु भनेअनुसार आज प्रधानमन्त्री निवास बालुवाटार सर्ने कार्यक्रम रहेको छ । उनी अहिले केहीबेरपछि बालुवाटार सर्न लागेका हुन् ।