प्रभु बैंक लिमिटेडमा कर्मचारी माग गरिएको छ । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर पदका लागि कर्मचारीको माग गरेको सूचना मार्फत जानकारी गराएको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ सम्म बैंकिङ समय भित्र आवेदन दिन सक्ने जनाइएको छ । यस्तै, प्रभु बैंकको अफिसियल वेभसाइटबाट समेत अनलाइन आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।