06:34:14 pm 25-May-2022

प्रसिद्ध गायिका लता मंगेशकरको निधन


प्रसिद्ध गायिका लता मंगेशकरको निधन

युवा पोस्ट,माघ २३,२०७८,आइतबार,

गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज बिहान ८:१२ मा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गायिका लता मंगेशकरको निधनले हिन्दी सिनेमा क्षेत्रमात्र होइन, विश्वकै संगीत जगतलाई स्तब्ध बनाएको छ ।‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।विश्वका ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाएकी लता आफूले गाएका नेपाली गीत भने अरु गायिकाको स्वरमा रेकर्ड नहोस् भन्ने चाहन्थिन् ।
केही दिनअघि उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको थियो। केही हप्ता यता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पतालमा उपचारका क्रममै उनको निधन भएको हो।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]