07:53:19 pm 23-May-2022

प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न


प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न

युवा पोस्ट, पौष ७ ,२०७८,

प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठ ज्यू को अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ ।
आज सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पदमा श्री गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । श्री बिष्टज्यू यस अघि पनि बैंकको सञ्चालक हुनुहुन्थ्यो ।

आजको साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने शेयरधनी महानुभावहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठज्यूले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]