लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले प्रिमियर लिगमा १ सय गोल पुरा गरेको खेलमा लिभरपुलले सहज जित हात पारेको छ । यस सँगै इजिप्टका मोहम्मद सलाह प्रिमियर लिगमा एक सय गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बनेका छन् । उनले लिभरपुलका लागि ९८ र चेल्सीका लागि दुई गोल गरेका छन् ।उनले प्रिमियर लिगको १६३ खेलमा एक सय गोलका साथै ३६ एसिस्ट गरेका छन् ।सलाहले दुई पटक प्रिमियर लिग गोल्डेन बुट, एक प्लेयर अफ दि सिजन अवार्ड र एक प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् । योे सँगै उनी प्रिमियर लिगमा १ सय गोल गर्ने तीसौं खेलाडी बनेका छन् ।