सन् २०१६ जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको चलचित्र ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली चलचित्र बनेर रेकर्ड राखेको छ । हिजो साँझ सम्म उक्त फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ । हालसम्म कुनै पनि नेपाली चलचित्रले यति भ्युज पाएको छैन । उक्त चलचित्रलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको अनस्क्रिन जोडी यो चलचित्रबाट निकै हिट भएको थियो । चलचित्र प्रेमगितको सबै गितहरु अहिले पनि दर्शक तथा श्रोता माझ निकै लोकप्रिय रहेको छ ।