फोटो खिचाउन गएकी जर्मन मोडल चितुवाको आक्रमणमा गम्भीर घाइते
जर्मनीमा पशुशालामा चितुवाले आक्रमण गर्दा एक ३६ वर्षे मोडल जेसिका लाइडोल्फ गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ। पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालामा उनी फोटो खिचाउन गएको बताइएको छ। फोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बताइएको छ।