फ्राइडे रिलिज अन्तर्गत कुन कुन चलचित्र आज रिलिज भए ?
युवा पोस्ट, मंसिर १७,२०७८,
आज शुक्रबारबाट नेपाली ‘ओभरडोज’ सहित एक हिन्दी र एक अङ्ग्रेजी गरेर तीन फिल्म प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘तडप’ हिन्दी र ‘इनकान्टो’ अङ्ग्रेजी रहेको छ । हिन्दी चलचित्र ‘तडप’लाई उच्च शो दिँदा ओभरडोज भने मारमा परी अधिकांश मल्टिप्लेक्समा शो नै पाएको छैन । बलिउड चलचित्र ‘तडप’मा अहान सेट्टी र तारा सुतरियाको मुख्य भूमिका छ भने चलचित्र ओभरडोजमा प्रनिशराज पन्त, सविनजंग थापा, वीना श्रेष्ठ, सदीक्षा कार्की लगायतका कलाकारको अभिनय छ । आजबाटै प्रदर्शनमा आएको इनकान्टो’ थ्रीडी चलचित्र हो ।